फागुन १५, सोलुखुम्बु । ओखलढुगांको मोलुङ गाउँपालिका वडा नम्बर ४ ले ९ जना महिला स्वास्थ्य स्वयंम सेविकालाई सम्मान गरेको छ । बिहिबार महिला स्वास्थ्य स्वयं सेविकालाई सम्मान कार्यक्रम अन्तर्गत ९ जना स्वयम सेविकालाई सम्मान गरिएको हो ।
स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको मोलुङ गाउँपालिका वडा सचिव शान्तिलाल सापकोटाले जानकारी दिनुभयो ।
विभिन्न खोप अभियान तथा मातृशिशु स्वास्थ्यको हेरचाहरमा सक्रिय भई काम गर्ने उत्कृष्ठ ९ जनालाई सम्मान गरिरको उहाँको भनाई छ । सम्मानित हुनेमा करिष्मा मगर, दुर्गा खतिवडा, निरुता घिमिरे (वि.क), शान्ता बस्नेत, बिन्दा खतिवडा, दुर्गा दाहाल, तोमा देवि पोख्रेल, निर्मला परियार र इन्दिरा माया तामाङ रहेका छन् ।
उनिहरुलाई थप सफलता र उत्तररोत्तर प्रगतिको कामना गर्दै वडा अध्यक्ष भोला राज राईले कदर पत्रले सम्मान गर्नुभएको छ । सम्मान पाए पछि महिला स्वास्थ्य स्वयंसेविका खुसी भएका छन् ।
Discussion about this post