फागुन १५, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा समावेशी शिक्षा, अपाङ्गता तथा बाल सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठी संचालन गरिएको छ । रीड नेपालको आयोजना तथा थुलुङ दुधकोशी गाउँपालिकाको सहकार्य र समन्वयमा उक्त ४ दिने कार्यशाला गोष्ठी संचालन गरिएको हो ।
कार्यशाला गोष्ठीको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले समावेशी शिक्षा आजको आवश्यकता रहेको बताउनुभएको छ । साथै व्यावहारिक रुपमा पनि लागु गर्न पालिका पर्यत्नाशील रहेको उल्लेख गर्नुभयो । विकासको मेरुदण्ड शिक्षा क्षेत्र भएकोले आफ्नो पहिलो प्राथमिकता शिक्षा शिक्षा क्षेत्र र त्यसपछि मात्र अन्य क्षेत्र रहेको बताउदै विगत देखि नै शिक्षा सुधारका लागि रीड नेपालसंग सहकार्य गर्दै अनेकौ प्रयास गर्दै आइरहेको बताउनुभयो ।
यो कार्यशालालाई पनि त्यसकै निरन्तरताको रुपमा संचालन गरेको र कार्यशालाबाट आएका सल्लाह सुझावलाई नीतिगत रुपमा समावेश गरेर अगाडी बढ्ने औंल्याउनुभएको छ । कार्यक्रममा सहभागीलाई स्वागत गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रशन्नदीप राईले यो कार्यशाला शैक्षिक सुधारका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको बताउदै समावेशी शिक्षाका बाधाहरूलाई चिर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा रीड नेपालका कार्यक्रम निर्देशक डील्ली प्रसाद डोटेलले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नु भएको छ, भने कार्यक्रम संचालन रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले गर्नुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्षहरु,कार्यपालिका सदस्य, पालिकाका शाखा प्रमुख तथा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु गरेर जम्मा २९ जना सहभागीको सहभागिता रहेको छ । कार्यक्रमको सहजीकरण रीड नेपालका प्रशिक्षक तथा सम्बन्धित विषय विज्ञ रामलाल धामी, गोकर्ण शर्मा, अभिषेक विक्रम शाह, लक्ष्मी श्रेष्ठ, अर्पण रेग्मीले गरिरहनुभएको छ ।
Discussion about this post