फागुन १७, सोलुखुम्बु । सोलुखुम्बुको हिमाली बस्ती नाम्चेमा बिरामी महिलाको प्हरलिे उद्दार गरि अस्पताल पुर्याएको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ नाम्चेकी पशुपति तामाङ विरामी परेपछि प्रहरीको सहयोगमा उनलाई अस्पताल लगिएको हो ।
स्थानीय उत्तरमान तामाङकी श्रीमती पशुपतिलाई दम, प्रेसर, सुगर लगायत रोगका कारण कठिनाइ भएपछि उनलाइ उपचारका लागी नाम्चेमै रहेको ओम हंगील अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरीका अनुसार हाल विरामी तामाङको अवस्था सामान्य रहेको र उनी बोल्न सक्ने अवस्थामा छिन् । प्रहरीले उनलाई घरबाट स्ट्रेचरमा हालेर अस्पताल सम्म पु¥र्याको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख द्वारीका प्रसाद घिमिरेले बताउनुभयो ।
Discussion about this post