फागुन १७, सोलुखुम्बु । नेपाल बुद्धिजीवी परिषद जिल्ला कार्यसमिति सोलुखुम्बुको अध्यक्षमा पूर्व प्रधानाध्यापक प्रभुराम बस्नेत चयन हुनुभएको छ । परिषदको सम्पन्न पाँचौ जिल्ला अधिवेशनले बस्नेतको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको सभाहलमा सम्पन्न अधिवेशनले जिल्लाको बुद्धिजीवी परिष निर्विरोध चयन गर्न सफल भएको हो ।
परिषदका केन्द्रिय सदस्य भगवती गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको विशेष आतिथ्यता नेकपा एमाले सोलुखुम्बुका उपाध्यक्ष शिशिर खालिङको रहेको थियो । अधिवेशनले परिषदको उपाध्यक्षमा कल्पना कार्की, सचिवमा महेश भण्डारी, उप सचिवमा दधि धमला र कोषाध्यक्षमा अशोक सिवाकोटीलाई चयन गरेको छ ।
अधिवेशनलाई सम्बोधन गर्दै परिषद्का केन्द्रीय सदस्य गुरुङले मुलुकमा बुद्धिजीवीहरूको जमातलाई रचनात्मकतासँग जोड्दै प्रभावकारी ढङ्गबाट अगाडि बढाउन एमालेले लिएको अवधारणाको प्रशंसा गर्नुभयो ।
Discussion about this post