फागुन १८, सोलुखुम्बु । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बसेरीमा शनिबार साँझ चट्याङ लागेर तीनजना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार हरिहरपुरगढी गाउँपालिका–१ निवासी ५२ वर्षीया सुकुमाया मोक्तान, ६५ वर्षीय महन्त रुम्बा र २६ वर्षीया फुलमाया रुम्बा घाइते भएका हुन् ।
घाइतेमध्ये सुकुमायाको अवस्था गम्भीर रहेको काफ्लेको भनाइ छ । घाइते महन्त र फुलमायाको स्थानीय मेडिकल गुर्जीमा उपचार भइरहेको छ । सुकुमायालाई भने थप उपचारका लागि हेटौँडा पठाइएको छ।
साँझ हावाहुरी, बर्सातसहित चट्याङ परेको थियो। हावाहुरीका कारण विभिन्न स्थानमा विद्युत्का तार र खम्बाहरूमा क्षति पुगेपछि सेवासमेत अवरुद्ध भएको थियो ।
Discussion about this post