जेठ १०, सोलुखुम्बु । खोटाङमा राष्ट्रिय यू–१३ पुरुष फुटबलमा छनोट भएका एन्जल राईलाई जिल्ला फुटबल संघ खोटाङले सम्मान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले देशका ९० खेलाडीमध्ये छनोट भएका राईलाई बुधबार सम्मान गरेको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका राईलाई सम्मान गरिएको जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुवविक्रम राईले बताउनुभयो ।
जिल्ला फुटबल संघ खोटाङ र खोटाङ फुटबल एकेडेमीले सञ्चालन गरेको ‘ग्रासरुट कार्यक्रम’ अन्तर्गत तीन वर्षदेखि एन्जल राई प्रशिक्षणमा थिए । अध्यक्ष राईका अनुसार एन्जल राई जिल्लाको पहिलो राष्ट्रिय टिममा छनोटमा परेको खेलाडी भएको जिल्ला फुटबल संघ खोटाङले जनाएको छ ।
Discussion about this post