फागुन १८, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ५ गैरी स्थित गणेसथान माविको प्रधानाध्यापकमा विष्णु ढुङ्गेल चयन हुनु भएको छ । यसअघि कालिका माध्यमिक विद्यालय पञ्चनको प्रधानाध्यापकको जिम्मेवारी बहन गरिसक्नुभएका ढुङ्गेललाई आज गणेशथान माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकमा नियुक्त गरेको हो । मावि तहका शिक्षक ढुंगेलले प्रधानाध्यापकको जिम्मेवारी ग्रहण गर्दै आफ्नो क्षमता र अनुभवले भ्याएसम्म विद्यालयको शैक्षिक उन्नयनमा लगानी गर्ने बताउनुभयो ।
Discussion about this post