Monday, January 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुङ्गाका राईको गाँजा किन्ने क्रममा विवाद हुँदा हत्या गरिएको पुष्टि

Radio Everest by Radio Everest
March 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १८, सोलुखुम्बु । काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित धोविखोला करिडोरमा अडवीर राई मृत भेटिए छन् । फागुन १४ मा मृत भेटिएका अडवीर लैङ्गिक अल्पसङ्ख्यक हुन् । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ घर भएर काठमाडौँ–७ बस्दै आएका अडवीरको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

हत्या आरोपमा दोलखाको मेलुङ गाउँपालिका घर भएका विराट ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई भक्तपुरको सल्लाघारीबाट पक्राउ गरेको हो । २९ वर्षीय ठकुरी काठमाडौँमा चल्ने बा.४ ख ५९९३ नम्बरको बसको सहचालक हुन् । गाँजा किनबेचको विषयमा विवाद हुँदा ५० वर्षीय अडवीरको हत्या भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । फागुन १३ मा राति चालकले गाडी पार्किङ गरेपछि विराट ठकुरी चाबहिल चोकमा जान्छन् ।

मालपोत कार्यालय चाबहिल भन्दा पारिपट्टि धोविखोला करिडोर बस पार्किङ हुँदै आएको थियो । भोलिपल्ट शिवरात्रि थियो । चाबहिल चोकमा महिलाको पहिरनमा भेटिएका अडवीर र ठकुरीको बिचमा गाँजा किनबेच गर्ने कुरा हुन्छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार अडवीरसँग १० पोका गाँजा थियो । ठकुरीले आफू काम गर्ने गाडी पार्किङ गरेको ठाउँमा गएर गाँजा किन्ने कुरा गरे । त्यसपछि उनीहरू चाबहिलबाट सुकेधारातर्फ लाग्छन् ।

करिडोरमा पुगेपछि गाँजाको रकमबारे विवाद हुँदा आरोपीले अडवीरको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । हत्यापछि राईको शव नजिकैको शौचालयमा लगेर म्याट्रेस, सिरानी, झोला र फोहोरले छोपेर राखिदिए । त्यसपछि उनी बसभित्र छिरेर सुते । जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी प्रह्लाद कार्की नेतृत्वको टिमले सीसीटीभीको सहायताले आरोपीलाई पक्राउ गर्न सफल भएको छ ।

अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘सीसीटीभीबाट बस र आरोपीको हुलिया पहिचान गरेपछि पक्राउ गर्न सहज भयो ।’ आरोपीलाई प्रहरी वृत्त महाराजगञ्जले ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाएको छ । राईको टाउको, निधार र नाकमा लागेको थियो ।

Previous Post

थुलुङ दुधकोशी अध्यक्षद्वारा २१ बँदे परिमार्जित शैक्षिक स्वेतपत्र जारी

Next Post

 गणेशथान मावि गैरीको प्रधानाध्यापकमा ढुङ्गेल नियुक्त 

Related Posts

सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

January 26, 2026
0
थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

January 25, 2026
0
शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

January 25, 2026
0
सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
0
Next Post
 गणेशथान मावि गैरीको प्रधानाध्यापकमा ढुङ्गेल नियुक्त 

 गणेशथान मावि गैरीको प्रधानाध्यापकमा ढुङ्गेल नियुक्त 

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

January 26, 2026
थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

January 25, 2026
शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

January 25, 2026
सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

January 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

January 26, 2026
थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

January 25, 2026
शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

January 25, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly