फागुन १८, सोलुखुम्बु । २१५२ औँ डुल ल्हो ग्याल्पो ल्होसारको अवसरमा नेचासल्यानमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । याली शेर्पा किदुक नेचासल्यानको आयोजनामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा नेचासल्यान गाउँपालिका विना राईको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि राईले कुसुङ थुदेङ गुम्बाको डिपिआर नहुँदा समस्या भएको भन्दै गुम्बा निर्माणलाई पूर्णता दिन गाउँपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले चालु वर्षमा ६ लाख रुपैयाँ बजेटले गुम्बाको केही काम भएको उल्लेख गर्दै गाउँपालिकाले टुहुरे क्षेत्रको सडक विस्तार र क्रमागत विकास का लागी १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष रमेश कुमार राईले आफूले अघिल्लो कार्यकाल देखीनै वडामा विभिन्न सामुदायिक भवन र अन्य विकास निर्माण गरिरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका कार्यपालिका सदस्य किल्यामु शेर्पा लगायत स्थानीय सरोकारवालाहरुको उपस्थीति रहेको थियो ।
Discussion about this post