फागुन १८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्ला बरडाँडामा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि प्रकृति मारुनी क्लबले उचालको छ । बरडाँडा खेलकुद समितिको आयोजनमा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगितामा कैलाशेश्वरी भलिबल क्लबलाई हराउँदै उक्त क्लबले प्रथम स्थान हासिल गरेको हो ।
यस्तै प्रतियोगिताको दोश्रो स्थान कैलाशेश्वरी भलिबल क्लब र तृतीय स्थान सल्लेरी युथ क्लबले हात पारेका छन् । शुक्रबारबाट सुरु भएको प्रतियोगिताको फाइलन खेल आइतबार सकिएको हो । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि निर्मल निरौलाले जितेका छन् ।
प्रथम द्वितीय तृतीय हुने टिमले क्रमशः १५ हजार, १२ हजार र ९ हजारको साथमा सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन भने उत्कृष्ट खेलाडी निरौलाले ट्रफी जितेको रेडियो एभरेष्टका क्यामेरा पर्सन सुजन दाहालले बताउनुभयो । उक्त प्रतियोगिताका सबै खेलको प्रत्यक्ष प्रसारण रेडियो एभरेष्टले स्थलगत रूपमै पुगेर गरेको थियो ।
Discussion about this post