फागुन १९, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर ४ जलेश्वरीमा नि : शुल्क आँखा शिविरबाट तीन सय बढी नागरिक लाभान्वित भएका छन् । शनिबार र आईतबार भिजन टुगेदर नेपाल र ऐसेलुखर्क गाउँपालिकाको संयुक्त आयोजना तथा रोज च्यारिटिको सहयोगमा संचालन गरिएको शिविरबाट ३ सय ६४ जना नागरिकहरु लाभान्वित भएका हुन् ।
वडा स्थित गुराँस आधारभूत विद्यालयबाट १३६ जना र स्वास्थ्य चौकी सिम्लेबाट २३१ जनाको आँखा जाँच गराउदा २८ जनामा मोतियाविन्दु भेटिएको वडा अध्यक्ष भक्त बहादुर तामाङले जानकारी दिनुभयो । आँखा जाँच पश्चात नागरिकहरुलाई चस्मा, औषधि तथा विशेषज्ञ चिकित्सकहरुबाट आवश्यक परामर्श प्रदान गरिएको छ ।
Discussion about this post