फागुन १९, सोलुखुम्बु । सोलुखुम्बुमा नेकपा एमालेको तीन दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । सोमबारबाट नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको आयोजनामा जिल्ला स्तरीय तीन दिने प्रशिक्षण कार्यक्रमको शुभारम्भ भएको हो । नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोलाको अध्यक्षता तथा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यतामा पार्टी कार्यालयमा प्रशिक्षण कार्यक्रम सुरु भएको नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका सचिव कल्पना राईले जानकारी दिनुभयो ।
आज देखि २१ गते सम्म ३ दिने आधारभुत तहको नेपाल कम्युनिष्ट पार्टीको एमाले प्रशिक्षक विभागले तयारी गरेको पाठयक्रममा आधारित भएर तालिम सञ्चालन हुने उहाँले बताउनुभयो । १८ घण्टा प्रशिक्षण हुने छ । सङंगठन निर्माणको लागि कौसलताहरु सिक्ने जिल्लाको कम्युनिष्ट आन्दोलनको नेपाल कम्युनिष्ट पाटी एमालेले गरेको असल अभ्यास कामको सबैलाइ जानकारी हुने नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बका अध्यक्ष डुफ कुमार बास्तोलाले बताउनुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले पार्टीको मुख्य लक्ष्य नै देश र जनताको समृद्धि रहेको बताउनुभएको छ । दिगो विकासको माध्यमबाट देश र जनताको समृद्धि गर्ने सङ्कल्प बोकेर एमाले अगाडि बढेको उहाँले उल्लेख गर्नुभयो । वर्तमान अवस्थामा देखिएको अस्थिर राजनीतिलाई सही बाटोमा ल्याउन लोकतान्त्रिक पार्टीको भूमिका महत्वपूर्ण भएको बताउँदै उहाँले लोकतन्त्र प्राप्तिपछि भएका विकासका काम र संविधानबाट प्राप्त उपलब्धिलाई जनतामाझ लैजान जरुरी भएको औल्याउनुभयो ।
Discussion about this post