जेठ १०, सोलुखुम्बु । शेर्पा समाज माप्य दुधकोशिकाका केन्द्रिय सचिव फुरतेन्जी शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । केन्द्रिय सचिव शेर्पाले बुधबार सगरमाथाको चुचुरोमा पुगी त्यहाँ शेर्पा समाज, माप्य दुधकोशि तथा जुवे शेर्वी बिदुकका लोगो सहितको ब्यानर पनि फहराउनुभएको थियो ।
शेर्पाले २०८१ जेठ ९ गते बुधवार बिहान ७ ः ३० बजे सगरमाथाको शिखरमा पुग्नुभएको महासचिव लाक्पा सोनाम शेर्पाले जानकारी दिनुभयो । शेर्पाले आफ्नो सगरमाथा आरोहण प्रतिस्पर्धा र कीर्तिमानका लागि नभई सगरमाथा आरोहणमा कटिबद्ध आरोही र आरोहणका क्रममा ज्यान गुमाएका शेर्पाहरूप्रति समर्पित रहेको बताउनुभयो ।
उहाँले यो आरोहणसँगै दोस्रो पटक सगरमाथाको आरोहण गर्नुभएको हो । यसअघि सन् २०२२ मा आरोहण गर्नुभएकाे थियाे । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर १ बुम्बुरी (जुवे) साबिकको जुभिङमा जन्मनुभएका शेर्पा हाल पर्यटन क्षेत्र र विभिन्न संघ –संस्थामा सक्रिय हुनुहुन्छ ।
Discussion about this post