फागुन २४, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम बाट खुम्बु पासाङल्हामु गाउँपालिकाको सुर्के सम्म यातायात सेवा थप भएको छ । लामाे सङ्घर्ष पश्चात सल्लेरी सुर्के बस यातायात सेवा सञ्चालन भएपछि सुर्केमा थप भएको यो यातायात सेवा दूधकुण्ड ज्वालामाई दर्शनले सल्लेरीबाट सुर्के सिधा यातायात सेवा दिने भएको हो । १० सिटे बोलेरोले सल्लेरीबाट सुर्के लगायत काठमाण्डौ सिधा यातायात सेवा दिने दर्नशन प्रालीले जनाएको छ । उक्त सेवा दिनका लागी दूधकुण्ड ज्वालामाई दर्शनसँग पर्याप्त गाडीहरू रहेको कम्पनीले जनाएको हो । यातायात कम्पनीले सल्लेरीबाट साेलुखुम्बुका विभिन्न ठाउँ छेस्काम, बुप्सा, खरिखाेला, नेले, सल्लेरी, अाेखलढुंगा, खुर्काेट, कटारी, धरान, विराटनगर, काठमाण्डाै लगायतका स्थानमा अावतजावतकाे सुविध रहेकाे जनाएकाे छ ।
सोताङको सुस्ला डाँडामा फोरजी टावर संचालनमा
चैत्र २०, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर ४ स्थित सुस्ला डाँडामा फोरजी टावर संचालनमा आएको छ । मंगलबार...
Discussion about this post