जेठ १०, सोलुखुम्बु । पछिल्ला दिनमा हरेक नयाँ कामको थालनीलाई पहिला चुचुरोबाट सुरुवात गर्ने चलन बढ्दै गएको छ । यस्तै एउटा नयाँ कामको थालनी प्रसिद्ध संगीतकार शम्भुजीत बाँस्कोटाले निर्माण गर्न लागेको फिल्म ‘टासीदेलेक ः अ वे टु हेभन’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । त्यो पनि सगरमाथाको चुचुरोबाट ।
हिमालय टिभीबाट प्रसारण हुने रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’की विजेता छिरिङ शेर्पाले यसैसाता सगरमाथाको चुचुरोबाट आगामी फिल्मको पोस्टर लन्च गरेकी हुन् । पोस्टर हेर्दा यो फिल्म सगरमाथा आरोहीहरूको कथामा बन्न लागेको बुझ्न सकिन्छ । पोस्टरमा पनि सगरमाथा आरोहणका लागि हिँडेका आरोही र उनीहरूले गरेको आरोहण अभ्यास देख्न सकिन्छ ।
सुवर्ण थापाले निर्देशन गर्ने चलचित्र टासीदेलेक्मा ‘नाइँ नभन्नु ल ६’ का डेब्यु अभिनेता आशीर्वाद क्षेत्री, लाक्पा देन्डी शेर्पा र छिरिङ शेर्पाको अभिनय हुनेछ । फिल्ममा बाँस्कोटा र सुजन खनालको संगीत, पत्रकार समेत रहेका चर्चित ढुङ्गेलको पटकथा लेखन हुनेछ । फिल्मबारे थप खुलाइएको छैन तर फिल्मबारे औपचारिक घोषणा चाँडै गर्ने तयारी छ ।
Discussion about this post