जेठ १०, सोलुखुम्बु । सोलुखुम्बुको हिमाल दर्शन माध्यमिक विद्यालयमा ९ वटा सिसिटिभी जडान गरिएको छ । विद्यालय हाताभित्र हुने सम्पूर्ण गतिविधिको निरीक्षणका लागी हाल सम्म ९ वटा सिसिटिभी जडान गरिएको हो ।
विद्यालयमा १६ वटा सिसिटिभी जडान गर्ने योजना रहेको भएपनि हाल श्रोत अभावका कारण ९ वटा जडान गरिसकिएको र बाँकी जेठ महिना भित्र जडान गरिसक्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओम प्रसाद बास्तोलाले बताउनुभयो । सिसिटिभीमा विद्यालयको प्राङ्गण, सबै कक्षाकोठा, कम्प्युटर ल्याब, पुस्तकालय लगायतको प्रत्यक्ष निरीक्षण हुने छ ।
उहाँले सिसिटिभी जडान भैसकेपछि विद्यालय हाताभित्रको सम्पूर्ण गतिविधिको अवलोकन एकैठाउँबाट गर्न सकिने बताउँदै यो सुरक्षा र निरीक्षण प्रभावकारी हुने बताउनुभयो । विद्यालयमा १६ वटै सिसिटिभी जडान गरिसक्दा ३ लाखको हाराहारीमा लागत आउने पनि अध्यक्ष बास्तोलाले बताउनुभयो ।
यस्तै अध्यक्ष बास्तोलाले हिमाल दर्शन माध्यमिक विद्यालयमा इ स्कुल एपको अवधारणा अघि सारिएको र चाँडै कार्यान्वयनमा आउने जानकारी दिनुभएको छ ।
Discussion about this post