फागुन २५, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर ५ स्थित थर्पुडाँडा माविका विव्यस अध्यक्ष रुपलाल राईले कोचिङ्ग कक्षा लिदा लागेको विद्यार्थीको शुल्क तिरिदिनुभएको छ ।
कक्षा १० का विद्यार्थीहरुलाई बिदाई कार्यक्रममा उहाँले विद्यार्थीहरुको उज्जवल अभिष्यको कामना गर्दै विद्यालयका १९ जना विद्यार्थीहरुको शुल्क तिर्नुका साथै २० हजार रुपैयाँ सम्बन्धित विद्यार्थीहरुलाई नै प्रदान गर्नुभएको छ । उहाँलाई बिद्यालय र विद्यार्थीको तर्फबाट धन्यवाद व्यक्त गरिएको छ ।
विव्यस अध्यक्ष राईले बिद्यार्थीहरुको थप शैक्षिक गुरस्तर वृद्धि र आर्थिक अभाव समाधानको लागि सहयोग गर्नुभएको प्रध्यानध्यापक ज्ञानु राईले जानकारी दिनुभयो ।
Discussion about this post