फागुन २५, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा सात दिवसीय निशुल्क आ.म.श. उपचार शिविर सुरु भएको छ । आईतबारबाट हेभेन्ली निर्भाणा पाथ जिल्ला शाखा सोलुखुम्बुको आयोजना तथा नेचासल्यान गाउँपालिकाको समन्वयमा उक्त शिविर सुरु भएको हो ।
चेतना बिस्तार भवन नेचासल्या– ४ बाट सुरुभएको शिविरमा ७० पुरुष र १४४ महिलाले पहिलो दिन आ. म.श. उपचार लिएको सहकर्मी सोभित ढुंगेलले जानकारी दिनुभयो । उक्त शिविर हेभेन्ली निर्भाणा पाथ जिल्ला शाखा सोलुखुम्बुकी अध्यक्ष नन्दकुमारी राईको सभापतित्वमा पुर्व माननीय भुपाल किराँतीले गर्नुभएको छ ।
उदघाटन कार्यक्रममा वडा अध्यक्ष इन्द्रबहादुर राइर्, हिमाल दर्शन माविका प्रधानाध्यापक लाल प्रसाद बास्तोला, केदार माविका प्रधानाध्यापक गंगा बहादुर कार्की लगायत वडाका जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
Discussion about this post