फागुन २६, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८ बाट एक सुत्केरी महिलाको हेलीकप्टर मार्फत उद्धार गरिएको छ । आईतबार रणेमकी २९ वर्षीया अर्पना राई र उनका बच्चालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको नेपाली सेनाको हेलीकप्टर मार्फत उद्धार गरिएको हो ।
राईले फागुन २४ गते छोरीलाई जन्म दिएको र बच्चालाई श्वासप्रस्वासमा समस्या देखिएसँगैै थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
Discussion about this post