Sunday, August 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खुम्बु आइसफल मार्ग निर्माणका लागि ‘आइसफल डाक्टर’को टोली सगरमाथा आधार शिविर प्रस्थान

Radio Everest by Radio Everest
March 11, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २७, सोलुखुम्बु । सगरमाथा प्रदुषण नियन्त्रण समितिले खुम्बु आइसफल मार्ग निर्माण तथा मर्मत गर्न आइसफल डक्टरहरूको टोली सगरमाथा आधार शिविर पठाएको छ । यस वर्षको बसन्त ऋतु (२०२५) आरोहण सिजनको सुरुआतसँगै टोली नाम्चेबाट प्रस्थान गरी सगरमाथा आधार शिविरतर्फ गएको हो । आगामी तीन महिनासम्म उनीहरू खुम्बु आइसफलमा कार्यरत रहेर आरोहीहरूका लागि सुरक्षित मार्ग निर्माण गर्ने छन् ।

यस वर्षको आइसफल डक्टर टोलीमा आधारशिविर व्यवस्थापक छिरिङ तेन्जिङ शेर्पासहित आठ जना आइसफल डक्टर रहेका छन् । टोली नेताहरू अङ्ग सर्की शेर्पा (टोली–ए) र दावा जाङ्बु शेर्पा (टोली–बी) रहेका छन् भने अन्य सदस्यहरूमा दावा नुरु शेर्पा, निम तेन्जी शेर्पा, मिङ्मा ग्याल्जेन शेर्पा, दावा छिरी शेर्पा, लाक्पा सोना शेर्पा र तेन्डु शेर्पा रहेका छन् । साथै, टोलीलाई भान्से कर्मचारी वाङ्दी गेल्बु शेर्पा र ङवाङ थातेन शेर्पाले सहयोग गर्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिले जनाएको छ ।

सन् १९९३ मा स्थानीय शेर्पा समुदायद्वारा स्थापित सगरमाथा प्रदूषण नियन्त्रण समिति खुम्बु क्षेत्रको वातावरण संरक्षणमा समर्पित एक सामुदायिक गैरसरकारी संस्था हो । यस संस्थाले खुम्बु पासाङ ल्हामु गाउँपालिकाभित्र पर्ने सगरमाथा राष्ट्रिय निकुञ्ज र यसको बफर जोनमा फोहोर व्यवस्थापनको महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसबाहेक समिति आरोहण अनुमति जाँच, अवैध आरोहण गतिविधि निगरानी तथा आधारशिविर क्षेत्रमा वातावरण संरक्षणसम्बन्धी कार्यान्वयनमा पनि संलग्न रहन्छ ।

सन् १९९७ देखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले समितिलाई खुम्बु आइसफलको आरोहण मार्ग निर्माण तथा मर्मतको जिम्मेवारी प्रदान गर्दै आएको छ । एभरेस्ट आधारशिविरदेखि क्याम्पससम्मको यो खण्ड हिमपहिरो र गहिरा फाटका कारण अत्यन्तै जोखिमपूर्ण मानिन्छ । हरेक आरोहण सिजनमा समितिले विशेष रूपमा तालिम प्राप्त आठ जना आइसफल डक्टरहरूलाई खुम्बु आइसफलमा तैनाथ गर्छ ।

उनीहरूले भरपर्दो तरिकाले भर्याङ र डोरी जडान गरी आरोहीहरूका लागि सुरक्षित मार्ग निर्माण गर्ने कार्य गर्छन् । नियन्त्रण समितिले यस वर्ष पनि आइसफल डक्टरहरूलाई आवश्यक उपकरण तथा पोशाक उपलब्ध गराएकोमा ब्ल्याक याक कम्पनीलाई विशेष धन्यवाद व्यक्त गरेको छ ।

Previous Post

कोशी प्रदेश : विपक्षी दलको बैठक सुरु

Next Post

पर्यटन प्रवद्र्धनको लागि भोजपुरको पाँचधारेमा स्तूपा निर्माण

Related Posts

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
0
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
0
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
0
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

Discussion about this post

Everest Highlights

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

August 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly