फागुन २७, सोलुखुम्बु । सोलुखुम्बुको सोेताङ पब्लिक क्याम्पसमा फर्जी विद्यार्थी भर्ना गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला कमिटी सोलुखुम्बुले आरोप लगाएको छ । लामो समयपछि आगामी चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नितान्त विद्यार्थीहरुको निम्ति भएको तर सोताङ पब्लिक क्याम्पसमा क्याम्पस प्रशासन र निर्वाचन समितिले गलत नियतले फर्जी विद्यार्थी भर्ना भएको उनीहरुको आरोप छ ।
क्रान्तिकारीले एक विज्ञप्ति निकाल्दै फर्जी विद्यार्थी भर्ना र मतदाता नामवली प्रक्रियामा सार्वजनिक भएको नाम स्वयंम विद्यार्थीलाई समेत जानकारी नभएकोले तत्काल फर्जि भर्ना र नामवली खारेज गरि निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ, भने माग सम्बोधन नभए सम्म उक्त क्याम्पसमा तालाबन्दी गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन – क्रान्तिकारी) जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष सोनाम शेर्पाले बताउनुभयो । नेपालको शैक्षिक इतिहासमा स्थापनाकाल देखि नै अखिल (क्रान्तिले नेपालको शैक्षिक सुधारको निम्ति सधै आवाज बुलन्द गर्दै शैक्षिक आन्दोलनको अग्रपंतिमा रहेको उहाँको भनाई छ ।
“ क्याम्पस प्रशासन र निर्वाचन समितिले निर्वाचनलाई प्रभाविति गर्ने गरी आफु निकटको संगठनलाई जिताउन प्रपन्च रचि गरिएको फर्जी विद्यार्थी भर्ना जुन स्वंयम विद्यार्थीलाई मताधिकारबाट बन्चित नगराउन र तोकिएको मितिमा नै स्ववियु निर्वाचन सम्पन्न गर्न आग्रह गर्दै हाम्रो माग सम्बोधन नभए सम्म यस सोताङ पब्लिक क्याम्पस प्रशासनमा तालाबन्दि गरिएको जानकारी गराउदछौ ।” उक्त विज्ञप्तिमा भनिएको छ ।
Discussion about this post