फागुन २७, सोलुखुम्बु । मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ६ स्थित पर्ल एकेडेमी इंग्लिस सेकेण्डरी स्कूलको ३०औं वार्षिकोत्सव भव्यताका साथ मनाईएको छ । पर्ल एकेडेमी इंग्लिस सेकेण्डरी स्कूलका दिर्नेशक मन कुमारी गुरुङको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य गीता तिम्सिनाको प्रमुख आतिथ्यतामा फागुन २३ गते भव्यताका साथ वार्षिकोत्सव मनाईएको हो ।
कार्यक्रममा उपस्थित विशिष्ट तथा अतिथिको रुपमा कानेपोखरी गाउँपालिका वडा नं – ७ र वडा न –६ का वडाध्यक्ष, शिक्षा शाखा प्रमुख, विद्यालयका प्रतिनिधि साथै अभिभावकहरुले शुभकामना सहितको मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यालयको प्रतिवेदन विद्यालयका प्रिन्सिपल फडिन्द्र अधिकारीले विद्यालयको शैक्षिक प्रगति विवरण आफ्नो मन्तव्यको क्रममा राख्नु भएको थियो ।
यस्तै विद्यालयमा २०७७/२०७८ देखि २०८०/२०८१ सम्म कक्षा ११/१२ अध्ययन पूरा गर्ने कुल ६२ जना पूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको छ । साथै कार्यक्रममा महिला अभिभावकका लागि वेस्ट मम एण्ड चाइल्ड, पुरुष अभिभावक का लागि आफ्ना नानीको कपाल छिटो कोर्ने÷बाट्ने र भालेको सही वजन पत्ता लगाउने लाई भाले पुरस्कार दिने जस्ता मनोरन्जनत्मक खेलहरु खेलाएको थिए ।
उक्त कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्नुका साथै खाद्य महोत्सवमा कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न अर्गानिक परिकार बनाएर प्रदर्शन गरेका थिए । यसका साथै कक्षा ७, ८, ९ का विद्यार्थीहरुले विज्ञान तथा कला प्रदर्शनी पनि गरेका छन् । उक्त कार्यक्रम विद्यालयका शिक्षकद्वय जनक ढकाल र मेनुका गौतमले सञ्चालन गर्नुभएको थियो ।
Discussion about this post