फागुन २९, सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुका पूर्व उपसभापति एवंम इमान्दार राजनितिज्ञ गणेश बहादुर बस्नेतको निधन भएको छ । मंगलबार काठमाण्डौँको चाबहिल कुमारीगाल स्थित निजी निवासमा १०२ वर्षको उमेरमा निधन भएको हो । बस्नेतले आफ्नो जीवनभर समाजसेवा र इमान्दार राजनीतिमा योगदान पुर्याउनु भएको थियो ।
स्वं बस्नेत सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ काँगेल निवासी तथा साविक काँगेल गाविसका अध्यक्ष हुनुहुन्थ्यो । बस्नेतको पार्थिव शरीरलाई बुधबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको कांग्रेस युवा नेता नवीन थापाले बताउनुभयो ।
अन्तिम श्रद्धाञ्जली स्वरूप नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापा, केन्द्रीय सदस्य बलबहादुर केसी, केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङ गेलु शेर्पा, कांग्रेस सोलुखुम्बु जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पा लगायतका नेताहरूले पार्टीको चारतारे झण्डा ओढाएर श्रद्धासुमन अर्पण गरेका थिए ।
उहाँको निधनप्रति नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा स्थानीयवासीले दुःख व्यक्त गरेका छन् ।
Discussion about this post