फागुन २९, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने भएको छ । चैत्र ११ गते राष्ट्रपति सोलुखुम्बुको नेचासल्यान आउने र प्रशासकीय भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता बलबहादुर केसी, पालिका अध्यक्ष धनजन राई, कांग्रेस नेता प्रकाशसिंह कार्की लगायतको टोलीले राष्ट्रपति पौडेललाई भेट गर्नुभएको थियो । आरोन ओम बालाजी पि आर जे भिले निर्माण गरेको भवनको गत फागुन ७ गते उद्घाटनको तयारी गरिएपनि विविध कारणले स्थगीत भएको नेचासल्यान गाउँपालिकका अध्यक्ष धनजन राईले जानकारी दिनुभयो ।
उक्त भवन निर्माणमा नेचासल्यान गाउँपालिकाको ४० प्रतिशत र सघं सरकारको ६० प्रतिशत गरी कुल ३ करोड ७२ लाख बजेटमा ५ तले सुविधा सम्पन्न प्रशासनिक भवनबाट सेवा प्रवाहको भने सुरु भईसकेको गाउँपालिकाले जनाएको छ ।
Discussion about this post