फागुन २८, सोलुखुम्बु । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका २ निशंमखेमा तलुवा, ठूलाछाप र भदौरेका समुदायलाई विपद् व्यवस्थापनमा आत्मनिर्भर बनाउन तालिम दिएको छ । स्वयंसेवी अभियान नेपाल संस्थाको आयोजनामा र युरोपियन सोलिडारीटी क्रप्सको सहयोगमा तलुवा, ठूलाछाप र भदौरेका तीन नवगठित सामुदायिक विपद् व्यवस्थापन कार्यसमितिलाई उक्त तालिम दिईएको हो ।
तालिमका लागि कार्यसमितिका २१–२१ जना गरी ६३ जना छनोट गरिएको थियो । सोहि कार्य समितिलाई स्वयंसेवी अभियान नेपाल भिनको आयोजनामा ओखलढुङ्गा सशस्त्र प्रहरी बल, सश्स्त्र प्रहरी नायक परीक्षक (डीएसपी) प्रभात कुमार गौतम, कोमल खड्का, सन्दिप कार्की, दुर्गा बहादुर राई र ङावा शेर्पा प्रशिक्षकहरु द्वारा विपद् जोखिम व्यवस्थापन तथा क्षति मूल्याङ्कन, आधारभूत प्राथमिक उचार, खोज तथा उद्धार विधि तालिम दिएको थियो ।
तालिममा समुदायलाई विपद् व्यवस्थापन तथा प्रतिकार्यमा दक्ष, आत्मनिर्भर र प्रभावकारी बनाउन सक्न भएकोले तालिम दिएको स्वयंसेवी अभियान नेपाल भिनका कार्यक्रम प्रबन्धक क्षितिज शर्माले बताउनु भयो । उक्त तालिम फाल्गुन २१ गते देखि २८ गते सम्म प्रत्येक दिनको ६ घन्टा सम्म संचालन भएको सहकर्मी सोभित ढुंगेलले जानकारी दिनुभयो ।
Discussion about this post