फागुन २९, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर ३ का १२ जना महिलाहरुले अल्लोको कपडा बुनाई तालिम लिएका हुन् । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजना तथा वडा नम्बर ३ को समन्वयमा सन्चालित ३ महिने सिप विकास तालिम उक्त संख्याका महिलाहरुले लिएका हुन् ।
सहभागी महिलाहरुले तालिम प्रभावकारी भएको र सिकेको सिपलाई व्यवहारमा समेत उर्ताने प्रतिबद्धता जनाएका छन् । तालिममा वडा भित्रका १२ जना महिलाहरुको सहभागिता रहेको थियो । उक्त तालिमको प्रशिक्षण लक्ष्मी श्रेष्ठले गर्नुभएको कार्यक्रम संयोजक टेक बहादुर बस्नेतले जानकारी दिनुभयो ।
Discussion about this post