चैत्र १, सोलखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका स्थित गुदेल गरिबी निबारण कृषि सहकारी संस्थाको नौ साधारण सभा सम्पन्न भएको छ । बिहिबार गाउँपालिका उपाध्यक्ष बिपना कुलुङको प्रमुख आतिथ्यतामा उक्त सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको हो ।
कृषि सहकारी संस्थाको आर्थिक बर्ष २०८०/०८१ को आर्थिक कारेबार अन्य आय व्याय आम्दानी तर्फ ४० लाख ११ हजार ५ सय २६ रुपैयाँ र व्याय तर्फ ४० लाख २६ हजार ९ सय ५५ रुपैयाँ रहेको छ । त्यस्तै सहकारीको क्रृण लगानीमा ३० लाख ६१ हजार ३ सय १६ रुपैयाँ र मौज्दात ३३ लाख ५४ हजार १६ रुपैयाँ कारोबार भएको ९ औँ बार्षिक साधारण सभाद्धारा पारित गरिएको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष विपना राई, रेडियो एभरेष्टका प्रबन्ध निर्देशक भानुभक्त निरौला, गुदेल गरिबी निवारण कृषि सहकारी संस्थाका अध्यक्ष घमजित कुलुङ, वडा नम्बर ४ का वडा अध्यक्ष सरस्वती कुलुङ, वडा नम्बर ५ का वडा अध्यक्ष महलसिंह कुलुङ, स्थानीय शेयरवालाहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post