चैत्र १, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाकी उपाध्यक्ष विना राइको पहलमा पालिका भित्रका ३ वटा विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । बिहिबार अमेरिकन नागरिक फ्रान गोर्डेनको सहयोगमा उपाध्यक्ष राईले विभिन्न विद्यालयमा शैक्षिक तथा खेलुकदका सामाग्री वितरण गर्नुभएको हो ।
गाउँपालिकाको वडा नम्बर ४ स्थित सगरमाथा आवि पोखरेमा सोलुखुम्बुका पुर्ण तामाङको समन्वयमा शैक्षिक सामाग्री वितरण गरिएको सहकर्मी सोभित ढुंगलले जानकारी दिनुभयो ।
यस्तै वडा नम्बर ३ स्थित कालिका आवि र वडा नम्बर २ स्थित बिष्णु छाया आविलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । स्किपिङ, फुटवल, हाते बल लगायतका विभिन्न समाग्री प्राप्त भएँगै विद्यालयहरुले सहयोगी अमेरिकन नागरिक फ्रान गोर्डेन, उपाध्यक्ष विना राई लगायत सम्पुर्णलाई धन्यवाद व्यक्त गरेको छ ।
Discussion about this post