चैत्र १, सोलुखुम्बु । ओखलढुगांको चिशंखुगढी गाउँपालिकामा ३० जना मोतियाविन्दुका बिरामी भेटिएका छन् । चिशंखुगढी गाउँपालिका, तिलगङ्गा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्र ओखलढुङ्गाले आयोजना गरेको नि : शुल्क आँखा तथा मोतिविन्दु छानोट शिविरबाट ३० जना बिरामी भेटिएका हुन् ।
फागुन चैत्रबाट सुरु भएको शिविरमा वडा नम्बर १ कुईभिरमा १२९ जना, वडा नम्बर २ पोखरेमा २४२ र वडा नम्बर ५ सेर्नामा १६४ जना गरी ५३५ नागरिकले सेवा लिएका छन । शिविरमा आँखा सम्बन्धी विभिन्न समस्याहरुको औषधी मार्फत उपचार, चश्मा जाँच तथा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
शिविर मार्फत छनौट भएका बिरामीहरुको यहीँ चैत्र ४ र ५ गते जिल्ला सामुदायिक आँखा केन्द्र ओखलढुंगा (रेडक्रस भवन) मा शल्यक्रिया शिविर गरिने भएको छ ।
Discussion about this post