चैत्र १, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ मुढे स्थित भिमसेन थान माध्यमिक विद्यालयको छोनो हावाले उडाएको छ । चैत्र १ गते बिहान ३ बजेको समयमा सिमेन्ट, ढुगां, काठ र टिनको छानोले भएको चार कोठे शौचालयको टिनको छानो उडाएको हो ।
आज बिहान करिब १० : ३० बजेको समयमा अस्थाई प्रहरी चौकी रमितेबाट प्रहरीको टोली खटि गई हावाले उडाएको छानो व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
Discussion about this post