Monday, November 10, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

त्रियुगामा ‘मेयरसँग जेष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन’ कार्यक्रम संचालन

Radio Everest by Radio Everest
March 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १, सोलुखुम्बु । उदयपुरको त्रियुगा नगरपालिकाले “मेयरसँग जेष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन” कार्यक्रम सञ्चालनमा ल्याएको छ । वडा नं १ जोगीदहबाट शुभारम्भ गरिएको उक्त कार्यक्रम नगरपालिकाका १६ वटै वडामा सञ्चालन गरिने नगरप्रमुख बसन्तकुमार बस्नेतले बताउनुभएको हो ।

यसैक्रममा वडा नं ३ मोतिगडाको स्वास्थ्य चौकिमा आयोजित जेष्ठ नागरिकहरुको स्वास्थ्य सेवा सिविरको उद्घाटन गर्नुहुँदै नगर प्रमुख बस्नेतले राष्ट्रको सम्पत्ती र अनुभवका खानीका रुपमा रहनुभएका ज्येष्ठ नागरिकहरु सामान्य स्वास्थ्योपचारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्येश्यले जेष्ठ नागरिक लक्षित स्वास्थ्य कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभयो ।

नगरपालिकाका ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सम्बन्धी के कस्तो समस्या छ र नगरपालिकाले उहाँहरुको स्वास्थ्य उपचारमा सहजिकरण गर्न के कस्तो योजना ल्याउनुपर्छ भन्ने जानकारी लिन पनि यो कार्यक्रम प्रभावकारी हुने देखिएकाले मेयरसँग जेष्ठ नागरिक स्वास्थ कार्यक्रम राखिएको नगरप्रमुख बस्नेतले बताउनुभयो ।

कार्यक्रम अन्तर्गत नगरपालिकाका ज्येष्ठ नागरिक, अशक्त, अपांगता भएकाको घरघरमा पुगेर स्वास्थ्य परीक्षण गरिने छ । नगरभित्रका सामाजिक सुरक्षा लिने नौ हजार बढी नागरिकलाई घरदैलोमा पुगेर मधुमेह, उच्च रक्तचाप, क्षय रोग, सुगर, अक्सिजन लेभल, मुटु सम्बन्धी चेक जाँच, मृगौला सम्बन्धी चेकजाँच लगायतका सेवाहरु निशुल्क प्रदान गरिने शाखाका स्वास्थ्य अधिकृत उपेन्द्र कार्कीले बताउनुभयो ।

स्वास्थ्य शिविर कार्यक्रममा समस्या देखिएका बिरामीको थप उपचार नगर अस्पताल देउरी र जोगीदहको प्राथमिक स्वास्थ्य चौकीमा गरि जिल्ला अस्पताल पठाइने योजना बनाइएको छ । स्वास्थ्य चेकजाँच गर्दा देखिएका आवश्यक औषधी नगरपालिकाले निशुल्क दिनेछ ।

Previous Post

हावाहुरीको वितण्डा : सोलुखुम्बुमा विद्यालयको हालत

Next Post

दुधकोशी बहुमुखी क्याम्सले एकलौटी संगठन दर्ता गराएको प्रति अखिल क्रान्तिकारीको आपत्ति

Related Posts

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

November 10, 2025
0
कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

November 9, 2025
0
सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

November 9, 2025
0
सोलुखुम्बुका आठवटै स्थानीय तहमा खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

Discussion about this post

Everest Highlights

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

November 10, 2025
कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

November 9, 2025
सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

November 9, 2025
सोलुखुम्बुका आठवटै स्थानीय तहमा खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

सोलुखुम्बुका आठवटै स्थानीय तहमा खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

November 9, 2025
साँढे ३ करोडमा बनेको नुम्बुर प्राविधिक शिक्षालयको उद्घाटन, ६० विद्यार्थी निःशुल्क प्राविधिक शिक्षा लिँदै

साँढे ३ करोडमा बनेको नुम्बुर प्राविधिक शिक्षालयको उद्घाटन, ६० विद्यार्थी निःशुल्क प्राविधिक शिक्षा लिँदै

November 9, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

November 10, 2025
कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

November 9, 2025
सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

November 9, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly