चैत्र १, सोलखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ स्थित दुधकोशी बहुमुखी क्याम्सले एकलौटी संगठन दर्ता गराएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटि सोलुखुम्बले आपत्ति जनाएको छ । क्याम्पस प्रशासनले गत फागुन १९ गते अन्य संगठनलाई कुनै जानकारी गराई ने.बि.संघलाई मात्र एकलौटी रुपमा संगठन दर्ता गराएको भन्दै आपत्ति जनाएको हो ।
क्याम्पसले अखिल क्रान्तिकारीको मागलाई बेबास्ता गरी एकलौटी प्रवृतिमा स्ववियु निर्वाचन प्रकृया अगाडी बढाएको भन्दै आज एक विज्ञप्ति निकालेको छ । यदि क्याम्पस प्रशासनले मागलाई अझै बेवास्ता गरि एकलौटी निर्णय गरेको खण्डमा अखिल ( क्रान्तिकारी ) जिल्ला कमिटी सोलुखुम्बु जस्तोसुकै कदम चाल्न बाध्य हुने अखिल (क्रान्तिकारी) कमिटी सोलुखुम्बुका अध्यक्ष सोनाम शेर्पाले बताउनुभयो ।
Discussion about this post