चैत्र १, सोलखुुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिमा एभरेष्ट भ्यू ट्रेल म्याथन प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले अन्तराष्ट्रिय स्तरको म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको हो । गाउँपालिकाको रगंशाला कोर्कुमा आउँदो बैशाख १२ गतेबाट ४७ किलोमिटरको प्रतियोगिता हुने गाउँपालिकाका उपाध्यक्ष गौरव राईले जानकारी दिनुभयो ।
उक्त प्रतियोगितामा १८ बर्ष देखि २९ बर्ष सम्म, ३० बर्ष देखि ४९ बर्ष सम्म र ५० देखि ६५ बर्ष सम्मका प्रतियोगिहरुलाई सम्मान पुरष्कार क्रमश : २० हजार, १५ हजार र १० हजारको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ ।
यस्तै १८ बषै देखि ६५ बर्ष सम्म खुल्ला तर्फ प्रथम, द्धितिय र तृतिय हुने प्रतियोगिहरुलाई क्रमश : १ लाख, ७५ हजार र ५० हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगितामा इच्छुक सहभागीहरुले बैशाख १० गते सम्म आफनो नागरिकताको प्रतिलिपि सहित कार्यालय समय भित्र शिक्षा युवा तथा खेलकुद शाखामा नाम दर्ता गर्नु गाउँपालिकाले आग्रह गरेको छ ।
Discussion about this post