चैत्र १, सोलुखुम्बु । नेपाली काङ्ग्रेसका नेता तथा जिल्ला विकास समितिका पूर्व कार्यवाहक सभापति, बालमन्दिरका केन्द्रिय सदस्य बुद्धि बस्नेतको निधन भएको छ । शनिबार बिहान काङ्ग्रेस हस्ती बस्नेतको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
विभिन्न कालमा सामाजिक परिवर्तन एवं राजनैतिक परिवर्तनका अधिनायक बस्नेतको निधन पछि अन्तिम संस्कार काठमाण्डौ स्थित पशुपति आर्यघाटमा गरिएको नेले विकास समाजका संस्थापक राेशन बाबु थुलुङले बताउनुभयो । नेले बजारकाे स्थापनाका लागी साे समयका अभियन्ता स्वर्गीय रमेश बाबू थुलुङ्गका साथै बस्नेतकाे विशेष याेगदान रहेकाे स्मरण अध्यक्ष थुलुङ्गले गर्नुभयाे ।
नेले विकास समाजका वर्तमान सल्लाहकार एवं नेले बजारका संस्थापक मध्ये एक बस्नेतको श्रद्धाञ्जलीका लागी काङ्ग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसी, आङगेलु शेर्पा त्यसैगरी काङ्ग्रेस जिल्ला सभापति नाम्गेल जाङबु शेर्पा, सचिव युवराज घिमिरे लगायत पुग्नुभएको थियो ।
बस्नेतले काङ्ग्रेस निर्माणका लागी एवं समाज निर्माणका लागी दिएको योगदानको सम्झना युगौँ युग सम्म रहने नेले विकास समाजका अध्यक्ष थुलुङले बताउनुभयो ।
Discussion about this post