चैत्र २, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिका –४ बडहरेमा नेकपा एमाले वडा कमिटीले एसईई परिक्षार्थीहरुका लागि नि : शुल्क कोचिङ कक्षा संचालन दिइएको छ । गत फागुन १ गते देखि चैत्र १ गते सम्म लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई नि : शुल्क कोचिङ कक्षा दिइएको हो ।
कमिटिले एसईई परिक्षालाई मध्यनजर गर्दै अंग्रेजी, बिज्ञान र गणित बिषयको कक्षा संचालन गरेको थियो । अध्यापन गराउने शिक्षकहरुको पारिश्रमिक वडा कमिटीले बेहोरेको नेकपा एमाले वडा ४ कमिटीका अध्यक्ष लाल बहादु खत्रीले जानकारी दिनुभयो । विद्यालयमा शुल्क तिरेर पढन नसक्ने बिपन्न विध्यार्थीहरुका लागि कोचिङ कक्षाले धेरै सहयोग पुगेको लक्ष्मी माध्यमिक बिधालयका प्रधानाध्यापक नयन कुमारले बताउनुभयो ।
नेकपा एमाले वडा कमिटी अध्यक्ष लाल बहादुर खत्री, हलेसी काठमाडौं सम्पर्क मन्चका अध्यक्ष सुदिप खत्री, नेकपा एमाले जिल्ला कमिटीका लेखा आयोग अध्यक्ष उमेश पौडेल, लक्ष्मी माध्यमिक विधालयका वि.ब्य.स अध्यक्ष बासु दाहाल सि.अ.संघ अध्यक्ष हरि बहादुर बस्नेत र प्रधानाध्यापक नयन कुमार राई बिच सम्झौता भएको कुल बहादुर बस्नेतले प्रत्येक बर्ष एसर्ईई परिक्षालाई मध्यनजर गरेर निः शुल्क अध्यापन गराउने सम्झौता गर्नुभएको छ ।
Discussion about this post