चैत्र २, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका १ का अध्यक्ष फुनुरु शेर्पाले रक्षामन्त्री मानबीर राईलाई विभिन्न माग सहित ध्यानाकर्षण गराउनुभएको छ । पाचौँ ङिम दोर्जी शेर्पा स्मृति कप उद्घाटन गर्न खुम्बु आइपुग्नुभएका रक्षामन्त्री राईलाई अध्यक्ष शेर्पाले माप्य खुम्बु सडकखण्ड यथाशीघ्र कालोपत्रे गर्न माग गर्नुभएको छ । यस्तै उहाँले रक्षामन्त्री राईलाई गाउँपालिकाको केन्द्रमा पोस्टमार्टम गृह स्थापनाका लागी माग गर्नुभएको जनाइएको छ । खुम्बुमा पोस्टमार्टम गृह नहुँदा लाखौँ खर्च गरेर जिल्ला अस्पताल फाप्लु सल्लेरी ल्याउनुपर्ने अवस्थाको अन्त्य गर्दै पोस्टमार्टम गृह सोही पालिकामा राख्ने गरी पहल गर्न उहाँले रक्षामन्त्री राईलाई माग गर्नुभएको हो । यस्तै उहाँले गाउँपालिका भित्र बसोबास गर्ने समुदाय र उनीहरूले मान्ने धर्मको संरक्षण र संवर्द्धनका लागी परम्परा अनुसारको धार्मिक भवन निर्माण गर्नका लागी बजेट माग गर्नुभएको जनाइएको छ । गोल्डकपको शनिबार समापन हुँदैछ ।
माप्य ६ को एमाले अध्यक्षमा दल बहादुर राई चयन
चैत्र २, सोलुखुम्बु । नेकपा एमाले माप्य दुधकोशी गाउँपालिका ६ को अध्यक्षमा दल बहादुर राई चयन हुनुभएको छ । शनिबार...
Discussion about this post