चैत्र ४, सोलुखुम्बु । खोटाङको रावाबेसी गाउँपालिकामा हाजिरीजबाफ र हिसाब दौड प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाको आयोजनामा वडा स्तरीय आधारभूत तह कक्षा १–५ हाजिरीजबाफ र हिसाब दौड प्रतियोगिता सम्पन्न भएको हो ।
गाउँपालिकाको सभाहलमा आयोजित प्रतियोगिताको हाजिरीजबाफ तर्फ प्रथम वडा नं. ३ लामिडाडाका विद्यार्थी समूह सुशन खत्री, साशिल श्रेष्ठ, दिपशिखा श्रेष्ठ र दोस्रो वडा नं. २ खार्पाका विद्यार्थी समूह सुस्मिता बस्नेत, मिरज परियार, आयुश खाटी र तेस्रो वडा नं. ५ दुवेकोलका विद्यार्थी समूह एलिसा खड्का, योगेश निरौला र जुलन विश्वकर्मा भएका थिए ।
त्यसैगरी हिसाब दौड तर्फ प्रथम लामिडाडाका सशिल श्रेष्ठ, द्वितीय डुम्रेधारापानीका करिस्मा घिमिरे र तृतीय हौंचुरका रुकमणी कार्की भएका छन् । हाजिरीजबाफ र हिसाब दौड प्रतियोगिता प्रथम, द्वितीय र तृतीय हुने समूहलाई झोला र अन्य शैक्षिक सामग्रीहरु प्रदान गरिएको थियो । त्यसैगरी अन्य सहभागी विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।
कार्यक्रममा रावाबेसी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ उपाध्यक्ष कौशिला कुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी, वडा नं. १ वडा अध्यक्ष गेहेन्द्रमान राई, वडा नं. २ का वडा अध्यक्ष डोलराज बस्नेत, वडा नं. ५ का वडा अध्यक्ष मन कुमार गुरुङ, वडा नं. ६ का वडा अध्यक्ष चिरञ्जीवी कार्की, वडा नं. १ का वडा सदस्य विशाल राई, विभिन्न विद्यालयका प्र.अ. शिक्षक, गाउँपालिकाका कर्मचारीहरु, विद्यार्थी लगायतको उपस्थिति रहेको रावाबेसी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख युबराज बिष्टले जानकारी दिनुभयो ।
Discussion about this post