चैत्र ४, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर २ डिकुवामा आगलागीबाट १ विद्यालय सहित ६ घर जलेर नष्ट भएका छन् । आइतबार साँझ डिकुवा स्थित एक सामुदायिक वनबाट सुरु भएको आगलागीले डिकुवाका १ विद्यालय सहित ६ घर जलेर नष्ट भएका हुन । आगलागी के कसरी सुरु भयो भन्ने जानकारी हाल सम्म नआएको तर आगो निभाउने प्रयास भइरहेको वडा अध्यक्ष देवेन्द्र राईले जानकारी दिनुभयो । ठुलाे हावाहुरी चलिरहेकाले अागलागी नियन्त्रण चुनाैतिपूर्ण भइरहेकाे अध्यक्ष राइले बताउनुभउयाे । अागलागीबाट डिकुवास्थित बाघखोर, च्यानटार, पाँचबैटार र लाङमाका ६ घर जलेको हो ।
Discussion about this post