चैत्र ४, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका स्थित एक सामुदायिक संस्थाको नवनिर्मित भवन उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले वडा नम्बर १ जुभिङमा निर्माण गरिएको सामुदायिक संस्थाको भवन उद्घाटन गर्नुभएको हो । जुभिङका दलित समुदायका लागी उक्त वडामा रहेको दलित युवा लालीगुँरास समुहको नवनिर्मित भवन उद्घाटन गरिएको हो । गाउँपालिकाको आर्थिक सहयोगमा निर्मित भवन उद्घाटनका लागी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोला, उपाध्यक्ष आस कुमार राई शिशिर लगायत जुभिङ पुग्नुभएको थियो । नेताहरूका साथै भवन उद्घाटन कार्यक्रममा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो । भवन उद्घाटनका क्रममा अध्यक्ष राई जनताको साथमा सँधै पालिका रहेको बताउँदै गाउँपालिकाले कसैलाई बिभेद नगरी विकास गरिरहेको जिकिर गर्नुभएको छ ।
रावाबेसी गाउँपालिकामा सकियो हाजिरीजबाफ र हिसाब दौड प्रतियोगिता
चैत्र ४, सोलुखुम्बु । खोटाङको रावाबेसी गाउँपालिकामा हाजिरीजबाफ र हिसाब दौड प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा...
Discussion about this post