चैत्र ५, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा ५ जना आँखाका बिरामीको मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने पाइएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले गरेको स्कृनिङ (छनौट) शिविरबाट गाउँपालिकामा ५ जना आँखाका बिरामीको मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने अवस्थामा पाइएको हो । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु र तिलगङ्गा आँखा प्रतिष्ठानको आयोजनामा लिखुपिके गाउँपालिकामा आइतबार शिविर सञ्चालन भएको थियो । शिविरमा १ सय ५२ जनाको आँखा परिक्षण गर्दा ५ जनामा मोतिबिन्दु देखिएको हो । सो बाहेक ३५ जनालाई सहुलियत चश्मा वितरण गरिएको जनाइएको छ । शिविरमा गाउँपालिकाले विशेष समन्वय गरेको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले जनाएको छ ।
नेपाल तरुल दल सोलुखुम्बुको रिक्त अध्यक्ष पदपूर्तिका लागि अधिवेशन गर्न दबाब
चैत्र ५, सोलुखुम्बु । नेपाल तरुल दल सोलुखुम्बुले अध्यक्ष पद रिक्त रहेकाले अधिवेशन गर्न दबाब दिइएको छ । सोमबार काठमाडौमा...
Discussion about this post