जेठ ११, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा बालबालिकालाई आई.पि.भी खोप दिईने भएको छ । स्वास्थ्य शाखा कार्यालयको आयोजनामा यही बैशाख १३ र १४ गते पालिका भित्रका बालबालिकाहरुलाई पोलियो रोग विरुद्धको आई.पि.भी खोप दिईने भएको हो ।
२०७३ साल बैशाखदेखि २०७५ साल असोजसम्म जन्मिएका बालबालिकालाई पालिका भित्रका विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा खोप दिईने स्वास्थ्य शाखा कार्यालयका स्वास्थ्य शाखा संयोजक केशव बास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार १३ गते वि.पि संस्कृत माध्मिक विद्यालय, सहित नरनाथ आधाभूत विद्यालय, हिमाल दर्शन माध्यमिक विद्यालय, सगरमाथा आधारभूत विद्यालयमा, केदार माध्यमिक विद्यालय र गणेश माध्यमिक विद्यालयमा खोप दिईने भएको हो ।
यस्तै १४ गते महेन्द्रोदय माध्यमिक विद्यालय, सरस्वती पूर्णरत्न आधाभूत विद्यालय, कालिमा आधारभूत विद्यालय, नेचा बतासे स्वास्थ्य चौकी, भूमेश्वरी माध्यमिक विद्यालय, सगरमाथा आधारभूत विद्यालय र भूमेश्थान आधारभूत विद्यालय खोप दिईने स्वास्थ्य शाखाले जनाएको छ । हरेक बालबालिकालाई दिर्घ र सवल जिवनका लागी स्थानीय तह तथा राज्यले गर्नुपर्ने सबै दायित्व निर्वाह गर्नुपर्ने गाउँपालिका अध्यक्ष धनजन राईले बताउनुभयो ।
तोकिएको मितिमा बालबालिकालाई नजिकको खोप केन्द्रमा लगेर खोप लगाउन गाउँपालिकाले अनुरोध समेत गरेको छ ।
Discussion about this post