जेठ ११, सोलुखुम्बु । विद्युतको तार चोरी गर्ने सोलुखुम्बुका एक व्यक्ति पक्राउ परेका छन । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ तिङ्लाका महेश कार्की विद्युत पोलबाट खुस्काएर बेरेर राखेको तार चोरी गरेको आरोपमा पक्राउ परेका हुन । सल्लेरी च्याल्सा विद्युत कम्पनीले नगरपालिकाको वडा नम्बर ७ मा पोलबाट खुस्काएर रोल गरेर राखेको करिव ७१ केजी तार चोरी गरेर कवाडीमा बिकृ गरेपछि प्रहरीले उनलाई गत ९ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उनले चोरी गरेको तार करीव २ लाख १६ हजार १ सय ६० रुपैयाँ बरावर मुल्यको रहेको जनाइएको छ । कार्कीले तार चोरी गरेर कवाडीमा दिएको तार टुक्रा टुक्रा पारिएको अवस्थामा फेला परेको थियो । उनलाई पक्राउ गरि जिल्ला अदालत सोलुखुम्बुबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
नेचासल्यानमा सुरु भयो चौथो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता
माघ २३, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा चौथो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा हुने अन्तरमावि...
Discussion about this post