जेठ ११, सोलुखुम्बु । तल्लो सोलु जलविद्युत आयोजनाद्धारा विद्यार्थीलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ स्थित सिंहकाली आधारभूत विद्यालयका विद्यार्थीहरुलाई सडक सचेतना तालिम प्रदान गरेको हो ।
बढ्दो सवारी साधन आवतजावतबाट हुने सडक दुर्घटनालाई मध्यनजर गर्दै विद्यालयका १ सय बढी विद्यार्थीहरुलाई तालिम प्रदान गरेको तल्लो सोलु जलविद्युत आयोजना ८२ मेगावाटका प्रबन्धक धमेन्द्र गोतामेले जानकारी दिनुभयो । उहाँका अनुसार बरबोट आधारभूत विद्यालयमा ६२ जना विद्यार्थीलाई सोही तालिम प्रदान गरिएको छ, भने आगामी दिनहरु अन्य विद्यालयहरुमा समेत तालिम प्रदान गरिने प्रबन्धक गोतामेले बताउनुभएको छ ।
Discussion about this post