चैत्र ५, सोलुखुम्बु । खोटाङको केपीलासगढी गाउँपालिकाले स्वास्थ्य संस्थाहरूलाई ल्यापटप वितरण गरेको छ । गाउँपालिकामा रहेका ७ वटा स्वास्थ्य संस्थाहरूलाई ल्यापटप वितरण गरिएको हो । सेवाप्रवाह प्रविधिमैत्री बनाउँदै बिरामीहरूको उपचारलाई प्रविधिमैत्री बनाउने उद्देश्यले गाउँपालिकाले सबै वडाका स्वास्थ्य चौकीहरूलाई ल्यापटप वितरण गरिएको गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो । स्वास्थ्य संस्थाहरूलाई एसर कम्पनीको १÷१ थान ल्यापटप वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शौ धन राई (युनिक साम्पाङ)ले बताउनुभयो । उहाँले ल्यापटपले स्वास्थ्य संस्थाहरूमा बिरामीको तथ्याङ्क सङ्कलन अभिलेखीकरण लगायत दैनिक प्रशासनिक कार्यमा प्रत्यक्ष सहयोग पु¥याउने आशा व्यक्त गर्नुभएको छ ।
आगलागीमा परी ३ वर्षीया बालिकाको मृत्यु
चैत्र ५, सोलुखुम्बु । मोरङको धनपालथान गाउँपालिका–७ कदमाहा टोलमा आज आगलागीमा परी एक बालिकाको ज्यान गएको छ । स्थानीय मोहम्मद...
Discussion about this post