चैत्र ५, सोलुखुम्बु । सोलुखुम्बुमा स्ववियु निर्वाचन गराउन सोलुखुम्बु बहुमुखी क्याम्पसलाई तीन वटा विद्यार्थी संगठनले संयुक्त रुपमा ध्यानाकर्षण गराएका छन् । चैत्र ५ गते हुने भनिएको चुनाव नगरिएको भन्दै विद्यार्थी संगठन अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अखिल (क्रान्तिकारी) ले संयुक्त रुपमा ध्यानाकर्षण गराएका हुन् ।
जिल्लाको सदरमुकाम स्थित बहुमुखी क्याम्पसले विगतका वर्षहरुमा स्ववियु चुवाव गराउदै आएको तर यो पटकको चुनाब नगराएको भन्दै क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराइएको अखिल क्रन्तिकारीका अध्यक्ष सोनाम शेर्पाले बताउनुभयो । मंगलबार निर्वाचन गर्नु पर्ने दिन नै तीन वटा विद्यार्थी संगठनले संयुक्त रुपमा सोलुखुम्बु बहुमुखी क्याम्पसका सहायक प्राध्यानध्यापक निराजन कटेललाई ध्यानाकर्षण पत्र बुझाईएको उहाँको भनाई छ ।
“क्याम्पस प्रशासनले विद्यार्थीहरुको हकहित र अधिकारलाई सुनिश्चित हुनेगरि स्ववियु निर्वाचन गराउनुहुन सोलुखुम्बुको तीन वटै विद्यार्थी संगठन अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अखिल (क्रान्तिकारी) को तर्फबाट स्ववियु निर्वाचन गराउन क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गर्दछौ । साथै निर्वाचन प्रकृया यथाशीघ्र सार्वजनिक होस् । विद्यार्थीद्धारा निष्पक्ष मतदान गरी स्ववियुको नेतृत्व निर्माण गर्ने अधिकारको लागि हामी जोडदार माग गर्दछौ । यदि क्याम्पस प्रशासनले हाम्रो मागलाई सम्बोधन नगरि स्ववियु निर्वाचन यथाशीघ्र अगाडी नबढाएमा हामी संयुक्त विद्यार्थी संगठन जस्तोसुकै कदम चाल्न बाध्य छौ ।” उक्त ध्यानाकर्षण्मा पत्रमा उल्लेख गरिएको छ ।
Discussion about this post