चैत्र ५, सोलुखुम्बु । मोरङको धनपालथान गाउँपालिका–७ कदमाहा टोलमा आज आगलागीमा परी एक बालिकाको ज्यान गएको छ । स्थानीय मोहम्मद हानिफका ३ वर्षीया छोरी रेश्मा खातुनको जलेर ज्यान गएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
विद्युत् चुहावटका कारण आज दिउँसो आगलागी हुँदा ९ वटा घर जलेका प्रहरीले जनाएको छ । अहिले आगो निभाइएको छ । यसैबीच खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो फैलिँदा एक विद्यालय र नौ वटा घरगोठ जलेर नष्ट भएका छन् ।
Discussion about this post