Sunday, March 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

Radio Everest by Radio Everest
March 19, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ६, साेलुखुम्बु । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त हुने जनाएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतबार दिउँसो १ः१७ बजे पूर्वमा उदय हुने समितिले जनाएको छ । यस अवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य गर्न नहुने जनाइएको छ । तर नित्यकर्म, पूजापाठ, जप, हवन, तर्पण, नित्य दान आदि नैमित्तिक कम, न्वारन, पास्नी, श्राद्ध, मासिक काम भने गर्न हुन्छ । काम्य कर्र्म विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सव आदि गर्नु हुँदैन ।

शास्त्रीय मान्यताअनुसार बृहस्पति देवताका गुरु हुन् भने दैत्यका गुरु शुक्राचार्य हुन् । हिन्दुधर्म अनुसार प्रत्येक वर्ष शुक्र र बृहस्पति अस्त हुने सनातन विद्वत् परिषद् नेपालका सदस्य पण्डित बालमुकुन्द देवकोटा बताउँछन् । वर्षको एक समयमा घुम्दै जाने क्रममा शुक्र ग्रह पृथ्वी नजिक पुगेपछि सूर्यको प्रकाशले शुक्र ग्रहको प्रकाशलाई ओझेलमा पार्नुलाई शुक्र अस्त भनिन्छ । ज्योतिषीय मान्यताअनुसार शुक्र अस्त हुने डेढ दिनअघि र उदाएको डेढ दिनसम्म विभिन्न धार्मिक क्रियाकलाप गर्नु हुँदैन । धार्मिक मान्यताअनुसार नित्य, नैमित्तिक र काम्य गरी तीन प्रकारका कर्म हुन्छन् । नित्य कर्ममा स्नान, ध्यान, जपतप, पूजापाठ आदि कर्म पर्दछन् ।

नैमित्तिक कार्यमा बच्चाको न्वारान, पास्नी, मृत्यु संस्कार तथा श्राद्ध, मासिक तर्पण, जन्मोत्सव जस्ता कर्म पर्दछन् । काम्य कर्ममा जुराएर र हेराएर गर्ने प्रकृतिका कार्य जस्तै नयाँ गृह निर्माण आरम्भ, नवगृह प्रवेश, नयाँ व्रतको आरम्भ, नयाँ मन्दिर निर्माण, मूर्ति स्थापना, सप्ताह, नवाहआदि अनुष्ठान र व्रतबन्ध–विवाह आदि संस्कारहरू पर्दछन् । प्रत्येक काम्य कर्मका फलदाता नै गुरु र शुक्र हुन् । वृहस्पति र शुक्र अस्त भएका बेलामा पोखरी इनार खन्न, मन्दिर बनाउन, पहिलो पटक कपाल क्षौर गर्न, तीर्थ यात्रामा जान, देव प्रतिष्ठा गर्न, कान छेदन गर्न, व्रतबन्ध, विवाह गर्न, दिक्षा दिन, मन्त्र सुन्न काम्योद्देश्यले वृषोत्सर्ग गर्न पनि नमिल्ने जनाइएको छ ।

साथै बगैँचा कुवाको निर्माण, गृहारम्भ, चान्द्रायण व्रत, तुलादान, व्रतको सुरु र समापन, विद्यारम्भ संस्कार, कहिल्लै नगरिएको देवताको दर्शन, अग्निहोत्र, सप्ताह पुराण, देव स्थापन, प्राण प्रतिष्ठा, सन्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, विशेष परीक्षा आदि कर्मलाई शास्त्रले निषेध गरेको छ ।

शुक्रको दशा चलिरहेका व्यक्तिलाई शुक्रले जुन फल जति प्रदान गर्नुपर्ने हो सो प्राप्त नहुनसक्ने स्थिति पनि रहन्छ । अस्त भएको वेलामा शुक्र निर्वल हुने हुँदा विवाह, व्रतबन्ध आदि शुभकर्म गर्नु हुँदैन भनी शास्त्रले निर्देश गरेको छ । कुवा, बगैँचा, गृहारम्भ, गृहप्रवेश, देवताको मूर्ति प्राण प्रतिष्ठा, व्रत प्रतिष्ठा, व्रतको आरम्भ, वधूप्रवेश, महादान, सोम यज्ञ, अष्टका श्राद्ध, गोदान ९केशान्तककर्म०, नवान्न भक्षण, प्रथमपटक उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, देवताको प्रतिष्ठा, दीक्षा मन्त्र ग्रहण, व्रतबन्ध, विवाह, मुण्डन, पहिलो पटक तीर्थ यात्रा, सन्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, विशेष परीक्षा आदि कुरा त्याज्य बताइएको छ । यसैगरी यस अवसरमा गयाश्राद्ध र गोदावरीको यात्रा भने गर्दा हुन्छ भन्ने वायुपुराणले बताएको छ ।

न त्यक्तव्यं गयाश्राद्धं सिंहस्थे च वृहस्पतौ ।
अधिमासे सिंहगुरावस्ते च गुरुशुक्रयोः ।
तीर्थयात्रा न कर्तव्या गयां गोदावरीं विना ।।

अर्थात् गुरु शुक्रको अस्तमा गयाश्राद्ध र गोदावरी यात्राबाहेक अन्य यात्रा नगर्नू भनिएको छ । यस अवसरमा अनिष्टफल भोग्नुपर्ने कुरा मुहूर्तचिन्तामणि पीयूषधारा टीकामा उल्लेख गरिएको छ ।। यसैगरी नित्य कर्मअन्तर्गत पर्ने श्राद्ध, वार्षिकी, लिँदै आएका व्रत उपासना पनि रोकिदैनन् । यसैगरी नैमित्तिक कर्मअन्तर्गत आइपर्ने नामकरण, औध्र्वदेहिक कर्म, अत्यावश्यक कर्म, ग्रहशान्ति, रोग शान्ति आदि कर्म गर्न सकिन्छ । शान्ति कर्मका निम्ति पनि छुट दिएको पाइन्छ ।

Previous Post

आगलागीमा परी ३ वर्षीया बालिकाको मृत्यु

Next Post

आजको मौसम ः पहाडी भू–भागमा आंशिक बदली

Related Posts

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
0
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
0
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

March 20, 2026
0
रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
0
Next Post
सुदूरपश्चिमबाट मौसम बदली शुरू, देशभर थप चिसो बढ्ने

आजको मौसम ः पहाडी भू–भागमा आंशिक बदली

Discussion about this post

Everest Highlights

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

March 20, 2026
रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

March 20, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly