चैत्र ९, सोलुखुम्बु । नेचासल्यान गाउँपालिकामा आगलागीबाट घरबास गुमाएका परिवारलाई राहत वितरण गरिएको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ३ का एक परिवारलाई आगलागी भएको केही घण्टा भित्रै राहत वितरण गरिएको हो । शनिबार बिहान ३ बजे राती घर आगलागी भएर ठेलो क्षति व्यहोरेका नेचासल्यान गाउँपालिका ३ भण्डारी गाउँका रमेश नेपालीलाई १५ हजार रुपैयाँ राहत उपलब्ध गराइएको हो । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख एवं जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष अनोज कुमार घिमिरेले नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राई, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख द्वारीका प्रसाद घिमिरे लगायतको उपस्थितिमा राहत वितरण गर्नुभएको हो । घरजल्दा रमेशको घरभित्रको बाख्रा समेत जलेर क्षति भएको थियो ।
Discussion about this post