असोज ५, सोलुखुम्बु । नेपाली कांग्रेस त्रियुगा नगरपालिका–१०, उदयपुरको वडा अधिवेशनबाट सचिवमा नवराज खनाल निर्वाचित हुनुभएको छ । असोज ३ गते सम्पन्न वडा अधिवेशनले खनाललाई सचिव पदमा चयन गरेको हो । लामो समय वैदेशिक रोजगारीमा रहनुभएका खनाल स्वदेश फर्किएपछि पुनः नेपाली कांग्रेसमा संगठित भएर सक्रिय राजनीतिमा लाग्ने बाटो रोज्नुभएको हो ।
कांग्रेस देशकै पुरानो तथा लोकतान्त्रिक पार्टी भएकाले पार्टीको नयाँ संरचनामा आफू पनि सहभागी भएको खनालले बताउनुभयो । उहाँले पार्टी संगठनलाई थप सुदृढ बनाउन आफ्नो जिम्मेवारीअनुसार सक्रिय भएर काम गर्ने बताउनुभएको छ । अधिवेशनबाट वडा सभापतिमा सन्तोष खड्का चयन हुनुभएको छ । अधिवेशनले वडा कार्यसमितिसमेत चयन गरेको जनाइएको छ ।










Discussion about this post