असोज ४, सोलुखुम्बु । नेपाली काङ्ग्रेस सोलुखुम्बुको वडा अधिवेशन हिजोबाट सुरु भएको छ । ५२ वटा वडा रहेको जिल्लाका विभन्न वडाहरुमा शनिवार सुरु भएको अविशेनले नेतत्व चयन गरिसकको छ भने आज पनि अधिवेशन हुँदैछ । यसैक्रममा जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डका ११ वटा वडाहरु मध्ये ६ वटा वडामा शनिवार सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । काङ्ग्रेस नेता तथा वडा नम्बर ६ का अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाका अनुसार सोलुदुधकुण्ड नगरपालिका १ को वडा अधिवेशनबाट वडा सभापति पदमा छोङबा लामा सभापति निर्वाचित बन्नुभएको छ । यस्तै वडा नम्बर २ को सभापतिमा सोनाम लामा, वडा नम्बर ३ मा छिरिङ शेर्पा कान्छा, वडा नं ४ मा राम बहादुर बराईलि, सोलुदुधकुण्ड नगरपालिका–५ को सभापतिमा छितिज तामाङ सभापति, वडा नम्बर ६ मा देन्डी शेर्पा चयन भएका छन्










Discussion about this post